राप्ती खबर

1167 Posts
मकवानपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

मकवानपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

मकवानपुर, भदौ ८ गते । मकवानपुर प्रहरीले लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। रक्सौलबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेटको सुमो (BR 01 PB 1802) बाट लागूऔषध बरामद गरिएको हो। प्रहरीका अनुसार सवारी साधनको तलासी लिँदा ३९ पोका भित्र लुकाई छिपाई राखिएको फेनेर्गान, नुफिन, डाइजेपाम गरी जम्मा ५,८५० एम्पुल र ट्रामाडोल २४० क्याप्सुल फेला परेको छ। लागुऔषध ओसारपसारमा संलग्न आशंकामा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। शंकास्पद सुमो गाडीलाई मकवानपुरको एक स्थानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूको नाम र ठेगाना सार्वजनिक गरिएको छैन। यस घटनाले भारत–नेपाल सीमावर्ती क्षेत्र हुँदै हुँदै लागुऔषध तस्करीको…
Read More
चीन-भारत वार्तामा नेपालको भूमि विवादबारे छलफल : नेकपाको गम्भीर आपत्ति

चीन-भारत वार्तामा नेपालको भूमि विवादबारे छलफल : नेकपाको गम्भीर आपत्ति

काठमाण्डौ,भदौ ५ । हालै सम्पन्न चीन–भारत उच्चस्तरीय वार्तामा नेपालको भूमि विवादसम्बन्धी विषयसमेत समेटिएको समाचारप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गम्भीर ध्यानाकर्षण जनाएको छ। चीनका विदेश मन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरसँग सम्पन्न वार्तामा १२ बुँदे सहमति बनेको र त्यसको ९ नम्बर बुँदामा नेपालसँग सम्बन्धित भूमि विवादको विषय उठाइएकोप्रति नेकपाले आपत्ति जनाएको हो। नेपाल कम्युनिस्ट पार्टीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुई देशबीच नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र भूमि स्वामित्वलाई लघुकरण गर्ने गरी सहमति गरिनु अत्यन्तै आपत्तिजनक र गम्भीर विषय भएको उल्लेख गरेको छ। विज्ञप्तिमा नेपालभित्र पर्ने लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र चीन र भारतबीचको द्विपक्षीय…
Read More
उपेन्द्र यादवमाथिको झुट्टा आरोप विरुद्ध काठमाडौंमा जनता समाजवादी पार्टीले भोलि विरोध प्रदर्शन गर्दै

उपेन्द्र यादवमाथिको झुट्टा आरोप विरुद्ध काठमाडौंमा जनता समाजवादी पार्टीले भोलि विरोध प्रदर्शन गर्दै

काठमाण्डौ,भदौ ५ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) काठमाडौं जिल्ला समिति भोलि, २०८२ साल भदौ ६ गते, पार्टीका अध्यक्ष माननीय उपेन्द्र यादवमाथि लगाइएको झुट्टा आरोपको विरोधमा प्रदर्शन गर्ने भएको छ। कार्यक्रम बसन्तपुरस्थित यत्‍खा चोकमा दिउँसो २ बजे सुरू हुने जनाइएको छ। आयोजक जसपा काठमाडौं जिल्ला समितिले यस विरोध कार्यक्रम मार्फत अध्यक्ष यादवको प्रतिष्ठामा आँच पुर्‍याउने नियोजित आरोपहरूको खण्डन गर्दै विरोधमा प्रदर्शन गर्ने बताएको छ। विरोध प्रदर्शनमा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
Read More
‘लिपुलेक सन्धि’प्रति संयुक्त विद्यार्थी संगठनको विरोध, भारत–चीन सम्झौता खारेजको माग

‘लिपुलेक सन्धि’प्रति संयुक्त विद्यार्थी संगठनको विरोध, भारत–चीन सम्झौता खारेजको माग

हेटौंडा,भदौ ५ । गते हालै भारत र चीनबीच लिपुलेक नाका खोल्ने सहमति भएपछि नेपालका विभिन्न विद्यार्थी संगठनहरू आक्रोशित भएका छन्। संयुक्त रूपमा ११ विद्यार्थी संगठनले एकजुट हुँदै एक प्रेस वक्तव्य जारी गर्दै उक्त सम्झौताप्रति गम्भीर आपत्ति जनाएका छन्। विद्यार्थी संगठनहरूले भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको वार्तालाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने कुटनीतिक अपराध भनेका छन्। वक्तव्यमा भनिएको छ कि लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग नेपालकै भूभाग हो र त्यहाँ भारत वा चीनसँग कुनै सम्झौता गर्नु नेपालको सार्वभौमिकताको उल्लंघन हो। विद्यार्थी संगठनहरूले तत्काल उक्त सम्झौता खारेज गर्न भारत र चीनलाई आग्रह गरेका छन्। तिनीहरूले…
Read More
दार्चुलामा जीप दुर्घटना: ११ जना घाइते, ४ को अवस्था गम्भीर

दार्चुलामा जीप दुर्घटना: ११ जना घाइते, ४ को अवस्था गम्भीर

दार्चुला, भदौ ५ गते । दार्चुलाको नौगाड गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुप प्र ०४००१ ज ०१०३ नम्बरको जीप अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन् । सबै घाइतेहरूको उद्धार गरी तत्काल उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी…
Read More
मकवानपुर बहुमुखी क्याम्पसमा तिज विशेष सांस्कृतिक कार्यक्रम आउँदो भदौ ८ गते

मकवानपुर बहुमुखी क्याम्पसमा तिज विशेष सांस्कृतिक कार्यक्रम आउँदो भदौ ८ गते

हेटौंडा, भदौ ५ गते । स्वतन्त्र विद्यार्थी यूनियन, मकवानपुर बहुमुखी क्याम्पसद्वारा महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। कार्यक्रम २०८२ साल भदौ ८ गते आइतबारका दिन बिहान ८:०० बजे मकवानपुर बहुमुखी क्याम्पसको प्रांगणमा हुने जानकारी दिएको छ। “सम्पूर्ण विद्यार्थीहरू एकजुट होऔँ” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा तिज सम्बन्धी गीत, नृत्य, तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछ।
Read More
गौर घटनासम्बन्धी समाचारप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण

गौर घटनासम्बन्धी समाचारप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण

ललितपुर, भाद्र ५ । जनता समाजवादी पार्टी, नेपालले २०६३ साल चैत ७ गते रौतहट जिल्लाको गौरमा घटेको दुःखद घटनासम्बन्धी हालसालै विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मिति २०८२ साल भाद्र २ गते प्रकाशित/प्रसारित केही समाचारमा सो घटनालाई खण्डित, एकपक्षीय र पूर्वाग्रही शैलीमा प्रस्तुत गरिएको भन्दै पार्टीले आपत्ति जनाएको छ। पार्टीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ कि घटनाको प्रकृति अत्यन्तै दुर्भाग्यपूर्ण र दुःखद भए तापनि त्यसको वास्तविकता बुझ्न गठन गरिएको उच्चस्तरीय न्यायिक जाँच समितिको प्रतिवेदन, तत्कालीन शान्ति प्रक्रिया, संयुक्त राष्ट्रसंघीय मिसन (UNMIN) तथा सत्य निरूपण र मेलमिलाप आयोगको रिपोर्टहरूलाई बेवास्ता गरी आजको सन्दर्भमा त्यसलाई पुनः राजनीतिक स्वार्थका…
Read More
आफू निर्वाचित क्षेत्रमा गएर मुख्यमन्त्री बानियाँले भने: तपाईहरुकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्छु

आफू निर्वाचित क्षेत्रमा गएर मुख्यमन्त्री बानियाँले भने: तपाईहरुकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्छु

मनहरी, भदौ ५ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश मुख्यमन्त्री नियुक्त भएपछि पहिलाे पटक आफू निर्वाचित क्षेत्रमा आयाेजित ओैपचारिक कार्यक्रममा सहभागी बानियाँले गरिबमुखी, जनमुखी, आयमुखी र न्यायमुखी काम गरी प्रदेशकाे समग्र विकासमा काम गर्ने अठाेट व्यक्त गरेका हुन् । मुख्यमन्त्रीकाे निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ (ख) स्थित मनहरी गाउँपालिकाले बुधबार आयाेजना गरेकाे मुख्यमन्त्रीकाे स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा बाेल्दै बानियाँले आफ्नाे निर्वाचन क्षेत्रका जनताकाे भावना र मर्मलाईसमेत मध्येनजर गर्दै निष्पक्ष ढंगबाट जिम्मेवारी पूरा गर्ने बताए । 'मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले पनि ठुलाे याेगदान…
Read More
उपसभामुख हटाउने कदम निरंकुशता र दुराशयको प्रमाण : प्रतिपक्षी दलहरूको घोर भर्त्सना

उपसभामुख हटाउने कदम निरंकुशता र दुराशयको प्रमाण : प्रतिपक्षी दलहरूको घोर भर्त्सना

काठमाडौं, भदौ ३ । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने उद्देश्यले सत्तारूढ दलहरु नेकपा (एमाले) र नेपाली कांग्रेसले ‘खाली कागजमा हस्ताक्षर’ अभियान सञ्चालन गरेको प्रकरणलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित संसदमा क्रियाशील प्रतिपक्षी दलहरुले लोकतन्त्रमाथिको गम्भीर प्रहारको रूपमा लिएका छन्। आज माओवादी केन्द्रको आयोजनामा बसेको प्रतिपक्षी दलहरूको बैठकले उक्त कदमको कडा भर्त्सना गर्दै यसलाई असफल पार्न सबै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ। बैठकमा सहभागी नेताहरूका अनुसार उपसभामुख इन्दिरा रानामाथिको कदम व्यक्तिगत आचरणसँग नभइ संवैधानिक परिषद्मा बहुमत जुटाएर मनोमानी ढंगले पदाधिकारी नियुक्त गर्ने सत्तारूढ दलहरूको योजना अन्तर्गत गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी…
Read More
हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

हेटौंडा,भदौ ३ । हेटौंडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सबिन न्यौपानेले आफ्नो पदको दुरुपयोग गर्दै नियतपूर्वक जग्गा सिफारिस गरेको आरोप सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। आयोगको केन्द्रीय कार्यालयस्थित स्क्रिनिङ समितिको निर्देशनमा हेटौंडा कार्यालयले अनुसन्धान सुरु गरेको हो। वडाध्यक्ष न्यौपानेले काठमाडौँ निवासी मनोज राणाका आमा, स्वर्गीय विजय राणाको नाममा रहेको जग्गालाई रैती लिखितका आधारमा तेस्रो पक्षलाई बिक्री गर्न सिफारिस गरेको आरोप छ। स्क्रिनिङ समितिको निर्देशन अनुसार हेटौंडा स्थित अख्तियारको कार्यालयले अब सम्बन्धित कार्यालयहरूसँग आवश्यक कागजात माग गरी अध्ययन प्रारम्भ गर्ने जनाएको छ। सूचनाका अनुसार, वडाध्यक्ष न्यौपानेले २०८० साल चैत १५ गते एकैदिन १८ जनाको नाममा मालपोत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.