समाचार

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी ५५ वर्षीया द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको हो। सडक छेउमा हिँडिरहेकी भट्टलाई बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र.००१ ख ९२९ नम्बरको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Read More
त्रिशुली किनारमा एक पुरुषको शव फेला

त्रिशुली किनारमा एक पुरुषको शव फेला

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ। शरीरका केही अङ्गहरू नभएको अवस्थामा अन्दाजी ४५ देखि ५० वर्षका देखिने उक्त पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीका अनुसार, हालसम्म शवको पहिचान हुन सकेको छैन। यद्यपि, उक्त शव गत मंगलबार रसुवामा आएको बाढीले बेपत्ता पारेका व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ। फेला परेको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले शवको पहिचान तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Read More
भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

भरतपुर। भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले अन्तर्जातीय विवाह गरेका १५ दम्पतीलाई नगदसहित सम्मान गरेको छ। महानगरले दलित र गैर-दलितबीच विवाह गर्ने प्रत्येक जोडीलाई एक-एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो। महानगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा मेयर रेनु दाहालले जातीय विभेद न्यूनीकरणमा यस्ता सम्मानले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले सामूहिक प्रयासबाट मात्रै जातीय विभेदलाई हटाउन सकिनेमा जोड दिइन्। उपमेयर चित्रसेन अधिकारीले सामाजिक रूपान्तरणका लागि अन्तरजातीय विवाहको भूमिका महत्वपूर्ण रहेको बताए। महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जातीय विभेद दण्डनीय भए पनि पूर्ण रूपमा हटाउन अझै चुनौती रहेको बताए। महानगरले आर्थिक वर्ष २०७७/०७८ देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई…
Read More
गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

अछाम। पत्रकार धनराज साउँद बान्नीगढी जयगढ गाउँपालिकाका लेखा अधिकृत नारदप्रसाद खनाललाई गालीगलौज तथा हातपात गरेको आरोपमा पक्राउ परेका छन्। शुक्रबार पक्राउ परेका साउँदविरुद्ध आइतबार 'अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने' कसुरमा जाहेरी दर्ता भएको छ। जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। साउँद नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव हुन्
Read More
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघीय सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। संसदीय दलको शनिबारको बैठकले गरेको निर्णयअनुसार आइतबार सभामुख देवराज घिमिरेलाई समर्थन फिर्ताको पत्र बुझाइएको हो। प्रतिनिधिसभामा नाउपाका चार सांसद छन्। संघीय सरकारबाट बाहिरिने निर्णयसँगै नाउपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ।
Read More
पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच बिहीबार बुढानीलकण्ठस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा करिब एक घण्टा भेटवार्ता भएको छ। भेटका क्रममा समसामयिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ। यो भेट गत असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा एमालेमा फर्कने घोषणा गरेलगत्तै भएको हो। मेयर शाह बिहीबार दिउँसो भण्डारीलाई भेट्न उनकै निवास पुगेका थिए।
Read More
भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या

भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या

भोजपुर। भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको बीभत्स हत्या भएको छ। यस घटनामा ज्वाइँ राजेन्द्र राईले आफ्ना सासू, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया छोरी मनिषा गिरी र १० वर्षीय छोरा सपन गिरीको हत्या भएको हो। शनिबार राति करिब १ बजेतिर राजेन्द्र राई आफैंले प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि चक्कु प्रहार भएको र त्यसपछि आफूले मान्छे मारेको स्वीकार गर्दै पक्राउ गर्न अनुरोध गरेका थिए।…
Read More
जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

हेटौँडा। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको हो। एसपी खड्काले यादवमाथि गालीगलौज गरेको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र यादवको खोजी कार्य जारी रहेको जनाएको छ।
Read More
तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

तेह्रथुम । तेह्रथुम जिल्ला नेपालको पूर्वी पहाडी भू–भागमा अवस्थित सुन्दर जिल्ला हो । यही जिल्लाको छथर गाउँपालिको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल मार्गा पोखरी प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा स्थापित भएको छ । हरियाली वनजंगलले घेरिएको, सधैं सफा र स्थिर जलस्रोत बोकेको, धार्मिक आस्थाले परिपूर्ण र पर्यटकीय रुपमा प्रचुर सम्भावना भएको यो पोखरी अहिले प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । मार्गा पोखरी छथर गाउँपालिका वडा नं. १ मा पर्छ । आङ्दिमको शिरमा रहेको यो पोखरी कोशि राजमार्ग हुदै गाडीबाट धनकुटाको सिधुवा बजार देखी सिधुवा–सुक्रबारे सडकखण्ड हुदै चारमाने चोक आइपुग्न सकिन्छ, त्यस्तै छथर गाउँपालिकाको मुख्य केन्द्र शुक्रबारे…
Read More
बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

पर्सा। बाराको जितपुर सिमरा उपमहानगरपालिका रहेको जगदम्बा स्टिल्सको भट्टीमा एक्कासी विस्फोट हुन पुगेको छ। आज (बुधबार) राति ९ बजेतिर उद्योगले नियमित काम नै गरिरहेको बेला ओभरहिटिङ गराएर फलाम पकाउने भट्टीमा विस्फोट हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान रहेको जनाएको छ। उद्योगको उक्त विस्फोटमा परि एकजना भारतीय नागरिक घाइते भएका छन्। घाइते उनलाई उपचारको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ। उद्योगको ओभर हिटिङ गराउने उक्त स्थानमा विस्फोट के कसरी भयो भन्ने विषयमा प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ। अहिले उक्त स्थानमा संवेदनशील एरिया भएको कारण प्रहरीले सुरक्षाको मापदण्डअनुसार प्रहरीहरू त्यहाँ खटिएको छन् भने अत्यावश्यक साधन एम्बुलेन्सलाई पनि आउने भव्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.