२०८२ बैशाख २९, सोमबार १८:०१
२०८२ बैशाख २९, सोमबार १८:०१
मकवानपुर । हेटौंडा-१ चौकिटोलमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बाँडफाँड भैरहेको भन्दै हेटौंडा अस्पताल बचाऊ तथा सुधार अभियान समितिले ध्यानाकर्षण पत्र बुझाएको छ । समितिले आज हेटौंडा उपमहानगरपालिका, भूमी आयोग र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्र बुझाएको हो । जिल्लाका आम नागरिकहरूको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने, सरकारबाट प्राप्त स्वास्थ्यसम्बन्धी सेवा तथा सुविधाहरू सहज रूपमा आम जनतामा पुर्याउने उद्देश्यले स्थापित सामाजिक अभियान समितिले प्रेस विज्ञप्ति मार्फत स्वास्थ्य क्षेत्रका लागि भनी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिकाको उपस्थितिमा नापजाँच गरी छुट्याइएको सरकारी जमिनमा पुनः कागजी किनबेच, संरचना निर्माण, घेराबार जस्ता कार्यहरू भइरहेकाले उक्त आपत्तिजनक र गैरकानुनी कामलाई रोकि…