२०८२ भाद्र २८, शनिबार १२:०९
२०८२ भाद्र २८, शनिबार १२:०९
मकवानपुर, भदौ २८ गते । ईन्द्रसरोवर गाउँपालिका–२ का वडा अध्यक्ष सुमन श्रेष्ठले हालैको जनआन्दोलनमा जीवन आहुति दिने युवा पुस्ताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले साना–साना ज्यानको बाजी राखेर आमाको काख रित्याउँदै देशको लागि लड्ने Gen Z पुस्ताका भाइबहिनीलाई ‘रियल हिरो’को संज्ञा दिँदै श्रद्धा प्रकट गरेका हुन्। श्रेष्ठले राष्ट्र संकटको घडीमा संविधान र राष्ट्रिय स्वाधीनता जोगाउन दृढ रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेललाई ‘माहान व्यक्तित्व’ भन्दै सलाम गरेका छन्। विदेशी दबाबका बीच पनि पद नत्यागी देशलाई जोगाउन उहाँको अटुट अडान ऐतिहासिक रहेको उनको भनाइ छ। त्यसैगरी, नेपाली सेनाले जिउधनको सुरक्षासहित देशलाई विदेशी प्रभावबाट बचाउन खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दै प्रधानसेनापति असोकराज…