राजमार्ग खबर

पाल्पामा शैक्षिक भ्रमणको बस दुर्घटना, ११ विद्यार्थी उपचाररत

पाल्पामा शैक्षिक भ्रमणको बस दुर्घटना, ११ विद्यार्थी उपचाररत

पाल्पा, मंसिर ५ गते । पाल्पाको तानसेन नजिकै शुक्रबार बिहान दाङबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरू लिएर जाँदै गरेको एक बस दुर्घटनामा परेको छ। मंसिर ५ गते बिहान भएको उक्त दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन्। विद्यार्थीहरूको टोली ऐतिहासिक रानीमहलतर्फ जाँदै गर्दा यात्रामै बस अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि तत्कालै उद्धारकार्य सञ्चालन गरिँदै सबै घाइतेलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरू सबैको उपचार सुरु भइसकेको जानकारी दिइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेपनि सबै विद्यार्थी सुरक्षित रुपमा उपचारमा रहेका छन्।
Read More
भिमफेदी–बुङदल सडकमा दुःखद दुर्घटना: पुलबाट ५० फिट तल खसेर दुई जना गुरुङको मृत्यु

भिमफेदी–बुङदल सडकमा दुःखद दुर्घटना: पुलबाट ५० फिट तल खसेर दुई जना गुरुङको मृत्यु

मकवानपुर, कात्तिक ३० गते । भिमफेदी गाउँपालिका–१ बुङदल स्थित भित्री सडकखण्डको बुङदल खोलाको पुलमा भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बा.प्र. ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल पुलको डिलबाट करीब ५० फिट तल खोलामा खस्दा चालक र पछाडी सवार दुवैको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा मकवानपुर हेटौडा उप–महानगरपालिका–२ चौकिटोल बस्ने वर्ष करिब ३९ का बिरबहादुर गुरुङ (मोटरसाइकल चालक) रहेका छन्। साथै सोही मोटरसाइकलमा पछाडि सवार पूर्वी नवलपरासी कावासोति नगरपालिका–१३ घर भई हाल हेटौडा उप–महानगरपालिका–२ चौकिटोलमा डेरा गरी बस्ने वर्ष करिब ३५ का चन्द्रबहादुर गुरुङ रहेका छन्। दुवै जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ।…
Read More
भरतपुरको टिकौली जंगलमा भीषण दुर्घटना : दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

भरतपुरको टिकौली जंगलमा भीषण दुर्घटना : दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवन, कार्तिक १५ गते । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति करिब पौने २ बजे भएको भीषण सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन्। गौर र जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेका दुई यात्रुबाहक बस (डल्फिन र रुद्राक्ष) इँटा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। चितवन जिल्ला प्रहरीका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था मध्यम गम्भीर रहेको छ। उनीहरूलाई तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर सरकारी अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनामा परेका घाइतेहरू धनुषा, रौतहट, महोत्तरी, उदयपुर तथा भारतका विभिन्न स्थानका रहेका छन्। दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरूले रातभर उद्धार कार्यमा खटिएर घाइतेहरूलाई अस्पताल पुर्‍याएका…
Read More
चितवनको टिकौली जंगलमा सवारी दुर्घटना: घाइतेहरूको सशस्त्र प्रहरीले तत्काल उद्धार

चितवनको टिकौली जंगलमा सवारी दुर्घटना: घाइतेहरूको सशस्त्र प्रहरीले तत्काल उद्धार

चितवन, कार्तिक १४ गते । चितवन जिल्लाको भरतपुर महानगरपालिका–९ अन्तर्गत टिकौली जंगलमा भएको सवारी दुर्घटनामा घाइते भएका यात्रुहरूको सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनको टोलीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। सशस्त्र प्रहरीका अनुसार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ टोली घटनास्थल पुगेको थियो। टोलीले घाइतेहरूलाई प्राथमिक उपचारपछि नजिकैको अस्पतालमा पुर्‍याएको जनाएको छ। दुर्घटनापछि केही समय रोकिएको सवारी आवागमन उद्धार कार्य सम्पन्न भएपछि पुनः सुचारु गरिएको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुलाइएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
Read More
रामेछापको हलेदे–खिम्ती सडकखण्डमा माइक्रोबस दुर्घटना

रामेछापको हलेदे–खिम्ती सडकखण्डमा माइक्रोबस दुर्घटना

रामेछाप, कात्तिक १२ गते । रामेछापको हलेदे–खिम्ती सडकखण्डमा आज दिउँसो एक माइक्रोबस दुर्घटनामा परेको छ। प्रदेश नम्बर १–०२–००१ज ४४३८ नम्बरको सो माइक्रोबस रिजर्भ यात्रामा रहेको बेला विपरित दिशाबाट आइरहेको सुमोलाई साइड दिने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
Read More
ताप्लेजुङको बहनन्दे नजिक मेचि राजमार्गमा ट्याक्टर दुर्घटना, चालक सामान्य घाइते

ताप्लेजुङको बहनन्दे नजिक मेचि राजमार्गमा ट्याक्टर दुर्घटना, चालक सामान्य घाइते

ताप्लेजुङ, अशोज २२ गते । ताप्लेजुङको बहनन्दे नजिकै मेचि राजमार्गमा आज मे १त ६२६९ नम्बरको ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा चालक सामान्य घाइते भएका छन्। दुर्घटनाको कारण खुलेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा प्राविधिक समस्या वा सडक अवस्था कारण हुन सक्ने अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Read More
मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

चितवन, अशोज १४ गते । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला पुल नजिक पहिरो खसेपछि साँझ केही समयका लागि सडक अवरुद्ध भएको छ। आज साँझ करिब ८:३० बजे वर्षातका कारण माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ। डिभिजनका मेशिन परिचालन गरी पहिरो पन्छाएपछि सडकमा यातायात आवागमन पुनः सुरु गरिएको डिभिजनले जानकारी दिएको छ। सडक सुचारु भए पनि अझै सतर्क रहन आग्रह गरिएको छ। साथै, डिभिजनले चालक तथा यात्रीलाई लेन अनुशासन पालना गर्न अनुरोध गरेको छ।
Read More
नारायणघाट–मुग्लिन सडकखण्डको तुइनखोलामा फेरि पहिरो, यात्रु बिचल्ली

नारायणघाट–मुग्लिन सडकखण्डको तुइनखोलामा फेरि पहिरो, यात्रु बिचल्ली

चितवन, अशोज १३ गते । दशैं–तिहार मनाउन काठमाडौँदेखि पूर्व–पश्चिमतर्फ गइरहेका यात्रु पुनः बिचल्लीमा परेका छन्। नारायणघाट–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा फेरि पहिरो खसेपछि दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो। यसअघि केही दिनअघि सोही स्थानमा पहिरो खसेको थियो। निरन्तर प्रयासपछि दुई दिनमा सडक खोलिँदै सवारी साधन नियमित सञ्चालनमा आएको थियो। तर, पुनः त्यही स्थानमा पहिरो खसेपछि यात्रुले कठिनाइ भोग्नु परेको छ। यातायात अवरुद्ध हुँदा घर फर्किँदै गरेका यात्रु सडकमा अलपत्र परेका छन्। प्रहरीले सडक सुचारु गर्ने प्रयास भइरहेको जनाए पनि कहिलेसम्म सडक खुल्ने भन्नेबारे निश्चित जानकारी भने आएको छैन।
Read More
खोटाङको बिजुलेमा सुमो दुर्घटना, १३ जना घाइते

खोटाङको बिजुलेमा सुमो दुर्घटना, १३ जना घाइते

खोटाङ, अशोज १३ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित बिजुलेमा सोमबार बिहान सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ७ जना मध्यम र ६ जना सामान्य घाइते भएका हुन्। घाइतेहरूलाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। दुर्घटनाको विस्तृत विवरण र कारण खुल्न बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।
Read More
उदयपुरको बेलका नगरपालिका–४ मा इभी दुर्घटना, मानवीय क्षति भएन

उदयपुरको बेलका नगरपालिका–४ मा इभी दुर्घटना, मानवीय क्षति भएन

उदयपुर, अशोज १२ गते । उदयपुरको बेलका नगरपालिका–४ मा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको एउटा इभी (EV) सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको छ। दुर्घटनापछि गाडीमा सवार सबै यात्रु सकुशल रहेका छन् र मानवीय क्षति भएको छैन। स्थानीयका अनुसार चालकले रातभरि निरन्तर गाडी चलाइरहेको र निदाएको कारण दुर्घटना भएको अनुमान गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.