राजमार्ग खबर

खोटाङको बिजुलेमा सुमो दुर्घटना, १३ जना घाइते

खोटाङको बिजुलेमा सुमो दुर्घटना, १३ जना घाइते

खोटाङ, अशोज १३ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित बिजुलेमा सोमबार बिहान सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ७ जना मध्यम र ६ जना सामान्य घाइते भएका हुन्। घाइतेहरूलाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। दुर्घटनाको विस्तृत विवरण र कारण खुल्न बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।
Read More
उदयपुरको बेलका नगरपालिका–४ मा इभी दुर्घटना, मानवीय क्षति भएन

उदयपुरको बेलका नगरपालिका–४ मा इभी दुर्घटना, मानवीय क्षति भएन

उदयपुर, अशोज १२ गते । उदयपुरको बेलका नगरपालिका–४ मा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको एउटा इभी (EV) सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको छ। दुर्घटनापछि गाडीमा सवार सबै यात्रु सकुशल रहेका छन् र मानवीय क्षति भएको छैन। स्थानीयका अनुसार चालकले रातभरि निरन्तर गाडी चलाइरहेको र निदाएको कारण दुर्घटना भएको अनुमान गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालन

मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालन

भरतपुर, अशोज १० गते । मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। कार्यालयका अनुसार शनिबार बिहान ९:२५ बजेदेखि सो खण्डमा दुईतर्फी सवारीसाधन सहज रूपमा चलिरहेको छ। साथै सवारी चालकहरूलाई लेन अनुशासनको पालना गरी सुरक्षितरूपमा सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ।
Read More
१०५ घण्टापछि मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा सञ्चालनमा

१०५ घण्टापछि मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा सञ्चालनमा

चितवन, अशोज १० गते । मुग्लिन–नारायणघाट सडक खण्डको तुइन खोलामा अघिल्लो शुक्रबारदेखि पटक–पटक खसेको पहिरोका कारण अवरुद्ध भएको सडक करिब १०५ घण्टापछि सञ्चालनमा आएको छ। निरन्तर प्रयासपछि हिजो राति १०:३५ बजेदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको हो। निरन्तर ढुङ्गा खसिरहे पनि जोखिम मोलेर सडक सफा गर्ने अपरेटर, सुपरभाइजर, प्राविधिक र अन्य कर्मचारीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। साथै नागढुंगा–मुग्लिन सडक आयोजना मुग्लिनको नेतृत्व, HED हेटौंडा/पोखरा, सडक विभाग (DoR), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (MOPIT) र अन्य शुभेच्छुकहरूको निरन्तर सहयोग र उत्साहवर्धन उल्लेखनीय भएको छ। चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षानिकायका नेतृत्व र अन्य सरोकारवालाको योगदानप्रति आभार व्यक्त गरिएको छ। फिल्ड व्यवस्थापनमा…
Read More
५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

चितवन, अशोज ९ गते । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलामा खसेको सुखा पहिरो पन्छाएसँगै ५८ घण्टापछि आवागमन सुचारु भएको छ। सडक खुल्नासाथ लामो समयदेखि जाममा परेका सवारी साधनले सहज रूपमा यात्रा जारी गरेका छन्। सडक अवरुद्ध हुँदा दशैंका लागि घर हिँडेका सयौँ यात्रु तथा चालकहरू अलपत्र परेका थिए। सडक कतिखेर खुल्छ भन्ने प्रतीक्षामा रहेका यात्रु र चालकहरू सडक खुल्नेबित्तिकै खुसी व्यक्त गर्दै आफ्नो गन्तव्यतर्फ अघि बढेका छन्। सडक विभागका अनुसार लामो समयदेखि पर्खाइमा रहेका यात्रु तथा चालकलाई सहज आवागमनका लागि निरन्तर पहिरो पन्छाउने कार्य चलाइएको थियो। अहिले भने दुईतर्फी यातायात सहज बनेको जनाइएको छ।
Read More
मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

चितवन, अशोज ९ गते । मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिक खसेको पहिरो करिब ४५ मिनेटमै पन्छाइ सडक दुबै तर्फी यातायात आवागमन सुचारु गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साँझ करिब ८:३० बजे सडक अवरुद्ध हुनेगरी खसेको पहिरोलाई एक्साभेटर र डोजर प्रयोग गरी तत्काल पन्छाइएपछि आवागमन सहज भएको हो। अचानक खसेको पहिरोका कारण केही समय देखि सडक अवरुद्ध हुँदा यात्रुहरूले धेरै सास्ती बेहोर्नु परेको थियो। तर आज केहिको अन्तराल समयपछि सडकलाई खुलाइएको जनाइएको छ।
Read More
टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

टुइन खोलामा खसेको पहिरो हटाउने अन्तिम चरण, आज रातिसम्म सडक खुल्ने सम्भावना

चितवन, अशोज ९ गते । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत टुइन खोलामा खसेको पहिरो हटाउने कार्य अन्तिम चरणमा पुगेको छ। पाँच वटा एक्साभेटर र डोजरलगायतका उपकरण प्रयोग गरी माटो पन्छाउने काम तीव्र गतिमा भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी प्रमुखसहित डिभिजन कार्यालयका इन्जिनियर तथा कर्मचारीहरू निरन्तर स्थलमै खटिएका छन्। सुरक्षासम्बन्धी संयन्त्र मिलाउँदै राति पनि उज्यालो बत्तीको सहायताले काम अघि बढाइएको छ। काम गर्ने क्रममा एक डोजर चालक घाइते भएपछि हेटौंडाबाट अनुभवी चालक बोलाएर काम निरन्तर गरिएको छ। प्रशासनका अनुसार अझै करिब आधा घण्टाभित्र माटो पन्छाउने कार्य पूरा हुने र सकेसम्म आज रातिसम्मै अवरुद्ध सडक…
Read More
सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

मकवानपुर, अशोज ८ गते । मकवानपुर जिल्लामा पर्ने सिमभन्ज्याङको नजिक गए राति दुर्घटनामा परेको अवस्थामा फेला परेको मोटरसाइकलको मालिक पत्ता लाग्न सकेको छैन। सिमभन्ज्याङ प्रहरीले दिएको जानकारी अनुसार गए राति दुर्घटनामा परेको अवस्थामा भेटिएको मोटरसाइकलको नम्बर प्लेट देखिए पनि हालसम्म चालक वा धनी को हुन् भन्ने खुलेको छैन। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
हेटौंडा-१९ दारिमटारमा बस, ट्रक र ट्यांकर ठोक्किँदा गम्भीर दुर्घटना

हेटौंडा-१९ दारिमटारमा बस, ट्रक र ट्यांकर ठोक्किँदा गम्भीर दुर्घटना

हेटौंडा, अशोज ६ गते । हेटौंडा-१९, दारिमटार स्थित महेन्द्र राजमार्गको सडक खण्डमा बस, ट्रक र ट्यांकर एक आपसमा ठोकिएर दुर्घटना भएको छ । दुर्घटना पश्चात् गम्भीर घाइते भएका सवारी चालक र यात्रुहरुलाई हेटौंडा अस्पताल लगिएको छ । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको ट्रक विपरीत दिशा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख २११९ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भए पछि सोही ट्रक टायर पड्किएर अनियंत्रित भइ चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको ट्यांकरसँग ठोक्किएको हो । विपरीत दिशाबाट आएका उक्त गाडीहरू एक आपसमा ठोक्किँदा बस र ट्रकको अगाडिको भाग सबै…
Read More
दोलखामा मापसे नियन्त्रण कडाई : डिएसपी महतो स्वयं सडकमा सवारी चेकजाँचमा

दोलखामा मापसे नियन्त्रण कडाई : डिएसपी महतो स्वयं सडकमा सवारी चेकजाँचमा

दोलखा, भदौ १५ गते । जिल्लामा मापसे गरेर सवारीसाधन चलाउने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाका घटना नियन्त्रण गर्न प्रहरीले कडाई गर्न थालेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी ज्ञानकुमार महतो र ट्राफिक प्रमुख ठाकुर प्रसाद भट्टराई स्वयं सडकमा खटिएर सवारीसाधन चेकजाँच सुरु गरेका छन्। प्रहरीका अनुसार आइतबारदेखि बजार क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको हो। सवारीसाधन चालकलाई मापसे नगर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित ढंगले सवारी सञ्चालन गर्न आग्रह गरिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.