राजमार्ग खबर

कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गयो ।

कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गयो ।

रौतहट । रौतहटको चंद्रपुर नगरपालिका-४ अन्तर्गत पुर्व-पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ भने हेटौंडा उपमहानगरपालिका १२ बस्ने कुमार पोख्रेललाई इलाका प्रहरी कार्यालय चंद्रपुरले नियन्त्रणमा लिएको छ । दुर्घटनामा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको हो । मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो । उक्त कार हेटौंडा १२ का कुमार पोख्रलले चलाएका थिए । उनीहहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौँडा बाट चन्द्रपुरतर्फ आउँदै गरेको कारले निजगढतर्फ जाँदै…
Read More
जमिनमुनि बेपत्ता भएको गाडीको सम्भावित स्थान पत्ता लाग्यो

जमिनमुनि बेपत्ता भएको गाडीको सम्भावित स्थान पत्ता लाग्यो

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा गत शुक्रबार जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको सम्भावित स्थान पत्ता लागेको छ। भूगर्भविद् कृष्ण पाण्डेको टोलीले “प्रोटोन म्याग्नेटोमिटर” नामक उपकरण प्रयोग गरी गाडी भएको आशंकित क्षेत्र पहिचान गरेको हो। गाडीमा प्रयोग हुने चुम्बकीय सामग्रीको आधारमा जमिनमुनि चुम्बकीय प्रतिक्रिया खोज्ने उक्त प्रविधिबाट गाडी भासिएको स्थानको केही पूर्वतर्फ तीव्र संकेत देखिएको भूगर्भविद् पाण्डेले जानकारी दिए। “तीव्र चुम्बकीय प्रतिक्रिया देखिएको स्थानमै गाडी हुनसक्ने प्रबल सम्भावना देखिएको छ,” पाण्डेले भने, “अब गहिराइ कति छ भन्ने पत्ता लगाउन अर्को विशेष उपकरण प्रयोग गरिरहेका छौं।” उक्त गाडी घाँस काट्ने मेसिन लोड गरिरहेका बेला अचानक जमिन भासिएर माटोमा पुरिएको…
Read More
कान्तिलोकपथ १५ दिन बन्द,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

कान्तिलोकपथ १५ दिन बन्द,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मकवानपुर। हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दूरीको कान्ति लोकपथ हिजो बिहिबारदेखि १५ दिनका लागि बन्द भएको छ। सडक मर्मतको काम भइरहेकाले वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा यो सडक बन्द रहने बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ। प्रहरीका अनुसार ठिंगन–बगुवा सडक खण्डको भ¥याङडाँडामा सडक चौडा बनाउनका लागि चट्टान काट्ने काम सुरु भएकाले बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सवारी साधन चलाउन पाइने छैन। यस अवधिमा हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्ने सवारी साधनहरूलाई अन्य वैकल्पिक सडक प्रयोग गर्न सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलले अनुरोध गर्नुभएको छ। कान्ति लोकपथ सडक आयोजना, चाकुपाट, ललितपुरले निर्माण कम्पनीमार्फत बकैया गाउँपालिकामा पर्ने…
Read More
पहिलो पाईलाले बनायो बेलबारीमा जेब्रा क्रस

पहिलो पाईलाले बनायो बेलबारीमा जेब्रा क्रस

बेलबारी। पहिलो पाइला नेपाल बेलबारी शाखाले शनिबारको ट्राफिक प्रहरी बेलबारी सँग समन्वय गरि बेलबारी वडा नम्बर १ (नगरपालिका जाने बाटो) मा जेब्रा क्रस निर्माण गरेको छ। उक्त रोडमा सवारी चाप तथा तीब्र गतिमा सवारी कुद्ने हुँदा उक्त स्थानमा विद्यार्थीहरू लगायत स्थानीयलाई बाटो काट्न सहज होस तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उद्धेश्यले जेब्रा क्रसिङ निर्माण गरिएको जनाईएको छ।
Read More
पृथ्बीनगर चाराली सडकखण्डमा सबारी दुर्घटना

पृथ्बीनगर चाराली सडकखण्डमा सबारी दुर्घटना

झापा। झापाको भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-१ पृथ्वीनगर निवासी ३५ वर्षीय दिलीप राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार साँझ साढे ७ बजेको समय मेची राजमार्गको बनियानी–भद्रपुर सडक खण्ड अन्तरगत भद्रपुर- २ स्थित हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे १ च ५४४७ नम्बरको पिकअपले ठक्कर दिएको थियो । दुर्घटना परी घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । यता प्रहरीले दुवै सवारीसाधनसहित…
Read More
बारा जिल्लामा बस दुर्घटना हुँदा ११ जना घाइते

बारा जिल्लामा बस दुर्घटना हुँदा ११ जना घाइते

बारा। बारा जिल्लाको कलैयामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जको तिनकुने भन्ने पुलमा सो दुर्घटना भएको हो। उक्त बस दुर्घटनामा परी ग २ ख १६५५ नम्बरको चालक कास्की जिल्ला,रुपा गाउँपालिका ७ बस्ने वर्ष ४० को रविकुमार ताम्राकार घाइते भएका छन्। घाइते ताम्रकारको मुखमा चोट लागेको छ। अहिले उनलाई हेटौडा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सोही बसका सहचालक रूपमा रहेका घर कास्की रहेको वर्ष ५० को बासुदेव अधिकारी पनि घाइते भएका छन्। उनको दुबै खुट्टामा चोट लागेको अवस्था छ। उनलाई पनि हेटौडा सामुदायिक अस्पतालमा अहिले उपचारको लागि ल्याइएको छ।…
Read More
नेकपा एमालेका मकवानपुर अध्यक्ष पोख्रेल स्कुटर दुर्घटनामा परी घाइते

नेकपा एमालेका मकवानपुर अध्यक्ष पोख्रेल स्कुटर दुर्घटनामा परी घाइते

हेटौंडा। नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल स्कुटर दुर्घटनामा परी घाइते भएका छन्। अध्यक्ष पोख्रेलले आफैंले चलाएको स्कुटर हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ पुष्पलाल पार्क अगाडि भित्री सडक खण्डमा दुर्घटना हुन पुगेको हो। अध्यक्ष पोख्रेलले चलाएको बा प्र ३-०३००१ प ५८०७ नम्बरको स्कुटर दुर्घटना हुन पुगेको प्रहरीले जानकारी दिएको छ। उनी हेटौडा ४ नम्बरको कमल डाँडास्थित आफ्नो घरबाट पार्टी कार्यालयतर्फ आउने क्रममा सो दुर्घटना भएको हो। दुर्घटनामा परी लडेका उनलाई त्यहाँका स्थानीयहरूले देखेलपछि त्यहाँ वरपर रहेका स्थानीयहरूले उपचारको लागि हेटौडा अस्पताल पुर्याएको प्रहरीले बताएको छ। स्कुटरबाट दुर्घटनामा परेका अध्यक्ष पोख्रेलको टाउको निधार तथा दायाँबायाँ हातमा चोट लागेको छ। बेहोस अवस्थामा रहेका…
Read More
हरैँचामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु, स्थिति तनावग्रस्त

हरैँचामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु, स्थिति तनावग्रस्त

मोरङ। विराट चोक सडक खण्डअन्तर्गत सुन्दरहरैँचा नगरपालिका –१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । टिपरको ठक्करबाट सुनसरी दुहबी –९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । विराट चोकबाट दक्षिणतर्फ आउँदै गरेको ना १ क ६२७० नम्बरको टिपर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १ ०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । टिपरबाट मृत्यु भएका मियाँको शव स्थानीयले उठाउन दिएका छैनन् भने स्थिति तनावग्रस्त रहेको डीएसपी जोशीले बताए । टिपर चालकलाई नियन्त्रणमा लिइसकेको र घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले…
Read More
मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्कास्थित पूर्व–पश्चिम सडक खण्डमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प १११४ नम्बरको मोटरसाइकलले हाल नामथर वतन नखुलेको करिब ६० वर्षीय महिलाले बाटो ‘क्रस’ गर्ने क्रममा ठक्कर दिइ मृत्यु भएको हो । मोटरसाइकलले ठक्कर दिएर घाइते भएकी महिलाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मनहरी गाउँपालिका–६ का ३२ वर्षीय मन्शु गुरुङलाई नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।
Read More
माेरङमा तनावग्रस्त, हवाई फायर र अश्रुग्यास प्रहार

माेरङमा तनावग्रस्त, हवाई फायर र अश्रुग्यास प्रहार

मोरङ । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मोरङको सुन्दरहरैँचा नगरपालिका-१ स्थित हरैँचा बजार शुक्रबार करिब ३ घण्टा तनावग्रस्त बन्न पुग्यो। दुर्घटनालगत्तै जम्मा भएको भिडको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार विराटनगर–विराटचोक सडक खण्डअन्तर्गतको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १-०२-०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका-९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटना शुक्रबार बिहान १०ः५० बजेतिर भएको हो। विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.