राजमार्ग खबर

चितवनमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

चितवनमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

चितवन। चितवनको भरतपुर महानगरपालिका-२९, गाईघाटमा आज बिहान ६:५० बजे दुई ट्रक एक-आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ९८९७ नम्बरको ट्रक पृथ्वी राजमार्गमा ठोक्किएका हुन्। घाइतेहरूको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।
Read More
गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते

गोरखा। गोरखामा बसको ठक्करबाट एक चार वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्। प्रहरीका अनुसार, गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट मृत्यु भएको हो। आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। घटनामा बालिकाकी आमा २० वर्षीया विनिता सुर्खेती गम्भीर घाइते भएकी छिन्। घाइते विनिताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका–४ का कार्यवाहक वडाध्यक्ष निसा रोकाले बताउनु भएको छ।
Read More
जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

काठमाडौँ। राजधानी भित्रिने मुख्य सडकमार्गको रूपमा रहेको नागढुंगा–नौबिसे सडकखण्ड यही जेठ १० गतेदेखि २५ गतेसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दिएको जानकारी अनुसार, बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी निर्माण कार्य अघि बढाइनेछ। यो निर्णय काठमाडौं र धादिङ जिल्ला प्रशासनको समन्वयमा भएको हो। यसअघि यो सडकखण्डमा रातिको समयमा काम हुँदै आएको थियो। आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि दिउँसो काम गर्नुपर्ने आवश्यकता रहेको बताएपछि स्थानीय प्रशासनले अनुमति दिएको हो। प्रजिअ तिवारीका अनुसार, प्राविधिक रूपमा दिउँसो नै निर्माण कार्य गर्नुपर्ने भएपछि सोही अनुरूप अनुमति दिइएको हो। सडक बन्द हुने समयमा…
Read More
मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

नवलपरासी। नवलपरासीको रामग्राम नगरपालिका-१ स्थित सुनवल-परासी सडक खण्डमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक साइकल चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तका अनुसार, सुनवलबाट परासीतर्फ आउँदै गरेको लु १८ प २९४५ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा रामग्राम नगरपालिका-१ का ५० वर्षीय लवकुश चौधरी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सुनवल नगरपालिका-३ का ३० वर्षीय लक्ष्मण सापकोटा र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका २६ वर्षीय अमृत भुजेल पनि घाइते भएका छन्। सापकोटाको टाउको र नाकमा चोट लागेकोले उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको…
Read More
मकवानपुरको भीमफेदी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते,३ जनाको अवस्था गम्भीर

मकवानपुरको भीमफेदी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते,३ जनाको अवस्था गम्भीर

मकवानपुर। मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका ९ स्थित त्रिभुवन राजपथको छैसट्ठी मोडमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। दुर्घटनामा परेका उक्त गाडी चितलाङबाट बाराको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश नम्बर २-०३-००१ ज ०१४७ को गाडी आज बिहान सो स्थानमा दुर्घटना भएको हो। दुर्घटना परेको गाडी सडकबाट करिब २० मिटर तल एउटा सल्लोको रुखमा अड्किँदा पुगेको थियो। दुर्घटनाग्रस्त भएको गाडीमा भने चालक दलसहित १४ जना यात्रीहरू सवार रहेका थिए। घाइते हुनेहरू १४ जनामध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ। प्रहरीका अनुसार गाडी सो स्थानबाट दुर्घटना हुनुको कारण भने ब्रेक फेल भएको अनुमान गरिएको छ। घटना हुने लगत्तै उक्त गाडीमा घाइते भएका सबैलाई…
Read More
सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

हेटौँडा। हेटौँडा–काठमाडौं छोटो मार्ग अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलामा शुक्रबार भएको सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन भएको छ। वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २४२९ नम्बरको टाटा सुमो उकालो चढ्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका भारतको बिहार राज्य मोतिहारी जिल्लाका ६० वर्षीय ललन चौधरीको उपचारका क्रममा शनिबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनामा परी उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। यसैबीच, प्रहरीले सुमो चालक बारा जिल्लाको गढीमाई नगरपालिका–११ का २८ वर्षीय मनोज चौधरीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।…
Read More
हुरिबतासले बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध

हुरिबतासले बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध

मनहरी । मनहरी गाउँपालिका वडा नम्बर २ स्थित झुल्यानमा बिजुलीको खम्बा ढल्दा बाटो अवरुद्ध भएको छ । शुक्रबार बेलुका आएको हुरिबतासको कारण ढलेको रुखले भेटेर बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध भएको हो । ठूलो मात्रामा आएको हुरिबतासले चिलाउनेको रुख ढलेपछी उक्त रुखले च्यापेर झुल्यान स्थित सडक खण्डको बिजुलिको खम्बा ढलेर बाटो अवरुद्ध भएको छ । रुखले भेटेर सडक छेउको चार वटा बिजुलिको पोल भाँचेर ढलेको छ भने लगभग ५ वटा पोल लत्रीएको छ । ढलेको खम्बाले गर्दा ठाडोखोला-बस्तिपुर आवतजावत गर्ने अटो तथा बाइकलाई समेत समस्या भएको छ । रुखले च्यापेर ढलेको बिजुलिको खम्बा मुख्य प्रशारण लाइनको खम्बा भए तापनी बिजुली…
Read More
कुलेखानी–कलंकी सडक २० दिन बन्द

कुलेखानी–कलंकी सडक २० दिन बन्द

मकवानपुर। कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आज जेठ २ गतेदेखि २० गतेसम्म बन्द गरिएको छ। सडकमा कालोपत्रेको काम गर्नुपर्ने भएकाले सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै बन्द अवधिभर हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। यात्राका लागि कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ।
Read More
धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

पोखरा,वैशाख ३१ गते। धादिङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज (बुधबार) पोखरा महानगरपालिका–३२ लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी आठ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन्। मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाकी झाङमाया गुरुङको सनाखत भएको छ भने अन्य दुई पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। यसैगरी, दुर्घटनामा घाइते भएका आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी नायब उपरीक्षक बस्नेतले हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको बताए। जिल्ला प्रहरी कार्यालय…
Read More
तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

तिनकुनेमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

काठमाडौं। काठमाडौंको कोटेश्वर तिनकुने सडकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई हाल ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङ रहेकी छन्। उनी मोटरसाइकलमा पछाडि सवार थिइन्। दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त कोटेश्वरका अनुसार बिहान ६ः३५ बजे कोटेश्वरमा सडकको रातो बत्तीमा रोकिरहेको बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२-०५३ प ३८२७ नम्बरको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.