२०८२ आश्विन ३०, बिहीबार ००:०९
२०८२ आश्विन ३०, बिहीबार ००:०९
काठमाडौं, अशोज ३० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि कडा प्रहार गर्दै अहिलेको राजनीतिक अवस्थालाई “देसको स्वाधीनता र स्वाभिमान माथिको ठुलो चुनौती”को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै नेता बज्राचार्यले भनेका छन् — “केपी ओलीजीको पुनरुत्थान यात्रा सफल भैहाल्यो भने उनलाई मृत्युञ्जयको उपमा दिन सकिन्छ। तर, उनीभित्र आत्मग्लानीको आभास छैन। जनताले उठाएका सुशासन र भ्रष्टाचार अन्त्यका मागलाई उनी उदण्ड ठान्दछन्।” उनले २०४६ सालपछिका तीन दशकदेखि सत्तालाई “म्युजिकल चेयर” बनाएर देशलाई रिङ्याउने काम भएको आरोप लगाउँदै ओली नेतृत्वमा भएका विभिन्न काण्ड — गैरकानुनी जग्गा प्रकरण, सुन काण्ड, लाउडा…