२०८२ बैशाख २९, सोमबार १८:०१
२०८२ बैशाख २९, सोमबार १८:०१
सुनसरी। सुनसरीको दुहबीमा दाउरा बोकेको पिकअप भ्यान दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुहबी नगरपालिका–३ स्थित फुटानी चौकमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र.२-०१-००१च ०२५१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो। उदयपुरको त्रियुगा नगरपालिका–८, राजाबास निवासी खतिवडाको टाउको, छाती र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।…