समाचार

अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबिच आधिकारिक रूपमै भयो सम्बन्धविच्छेद

अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबिच आधिकारिक रूपमै भयो सम्बन्धविच्छेद

काठमाडौँ। अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबीच आधिकारिक रुपमै सम्बन्धविच्छेद भएको छ। आठ महिनाअघि विवाह बन्धनमा बाँधिएकी अरुणिमाले गत चैतमा अमेरिकाबाट नेपाल आएर अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएकी थिइन्। युवराजले गत आइतबार वैशाख २८ गते सम्बन्धविच्छेदको फाइलमा हस्ताक्षर गरेका हुन्। यसको पुष्टि उनले स्वयं गरेका छन्। हालै टिकटक लाइभमा बोल्दै युवराजले भने, ‘मैले वैशाख २८ गते दिनको ४ः१० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ। जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ। मेरो छुट्टिनु थियो, छुट्टियो, सकियो। बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ।’ युवराज श्रेष्ठ सुनसरीको बराहक्षेत्र नगरपालिका, चतराका स्थानीय हुन् र नेपाली कांग्रेसको बराहक्षेत्र नगर कमिटीका उपसभापति हुन्।
Read More
चितवनमा बाबुद्वारा दुई छोराछोरीको हत्या,आफूले पनि गरे आत्महत्याको प्रयास

चितवनमा बाबुद्वारा दुई छोराछोरीको हत्या,आफूले पनि गरे आत्महत्याको प्रयास

चितवन। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यक्तिले आफ्नै दुई छोराछोरीको हत्या गरेका छन्। ४२ वर्षीय लिलाराज गिरीले आफ्ना दाजु दया गिरीका ५ वर्षीय छोरा साजन गिरी र आफ्नी ७ वर्षीया छोरी प्रभा गिरीलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेका हुन्। छोराछोरीलाई आक्रमण गरेपछि लिलाराजले पनि आत्महत्याको प्रयास गरेका थिए। घटनापछि तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। चितवन मेडिकल कलेज स्रोतका अनुसार दुवै बालबालिकाको मृत्यु भइसकेको छ भने लिलाराजको उपचार जारी छ। जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको विस्तृत छानबिन गरिरहेको जानकारी दिएको छ।
Read More
पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रु पाँच लाख ७० हजार घुससहित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आयोगको टोलीले इञ्जिनियर यादवलाई मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट बिहीबार साँझ पक्राउ गरेको हो। खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो। आयोगले जनाएअनुसार, आरोपी इञ्जिनियर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
Read More
डेढ करोड ठगी मुद्दाका फरार अध्यक्ष भक्तपुरबाट पक्राउ

डेढ करोड ठगी मुद्दाका फरार अध्यक्ष भक्तपुरबाट पक्राउ

काठमाडौँ। बुद्द दर्शन पर्यटन सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठ डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको मुद्दामा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४९ वर्षीय श्रेष्ठलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. ३ स्थित गठ्ठाघरबाट पक्राउ गरेको हो। उनीविरुद्ध १ करोड ५९ लाख रुपैयाँ ठगी गरेको मुद्दामा भक्तपुर जिल्ला अदालतले गत चैत १९ गते पक्राउ अनुमति जारी गरेको थियो। फरार रहेका श्रेष्ठलाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाएको सूचना अधिकारी काजी कुमार आर्चायले जानकारी दिए।
Read More
फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

पाँचथर,जेठ १ गते। पाँचथरको फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीया किशोरीले सौचालयमै शिशु जन्माएपछि गाउँभरि सनसनी फैलिएको छ। मंगलबार राति लप्सिबोटेमा आफन्तको घरमा बस्दै आएकी ती किशोरीले अचानक सौचालयभित्रै शिशु जन्माएकी हुन्। दुर्भाग्यवश, जन्मिएको शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको खबर पाएपछि प्रहरी चौकी नांगीनबाट खटिएको टोलीले ती किशोरीलाई तत्काल नियन्त्रणमा लिएको छ। साथै, उनीसँग बस्दै आएका एक आफन्तलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ। स्थानीयस्तरमा भने यो घटनाले बालबालिकाको यौन सुरक्षा, शिक्षा र अभिभावकीय जिम्मेवारीबारे गम्भीर प्रश्न…
Read More
पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

पाथिभरा केवलकार निर्माण कार्य अघि बढ्ने बाटो खुल्यो

ताप्लेजुङ,३१ वैशाख। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथिभरामा निर्माण हुँदै आएको केवलकार परियोजनालाई रोक्न यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश सर्वोच्च अदालतले दिएको छ। न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त परियोजनाविरुद्ध दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै बाटो खुला गरिदिएको हो।यसअघि गत चैत महिनामा यामबहादुर लिम्बुसहितले पाथिभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले दुबै पक्षलाई छलफलका लागि झिकाएर निर्माण कार्यलाई यथास्थितिमा राख्न आदेश दिएको थियो। छलफलपछि डा. सुवेदी र मुसलमानको इजलासले अन्तरिम आदेश आवश्यक नरहेको ठहर गर्दै काम…
Read More
सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

काठमाडौं,३१ वैशाख। सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा सोलुखुम्बुको छेस्काम आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। यसअघि पनि वैशाख महिनामा विभिन्न स्थानमा भूकम्पका धक्का महसुस भएका थिए। वैशाख १४ गते डोल्पाको कान्जिरोवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसैगरी, वैशाख १२ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युड र वैशाख ११ गते रुकुम पूर्वमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका विभिन्न भागमा लगातार भूकम्पका साना धक्का महसुस भइरहेका छन्।
Read More
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौँ। महानगरपालिका-२४ मखनटोलस्थित सुरज आर्केड पछाडिको दुई घरमा आज बिहान ग्यास चुहिएर स्थानीय दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको घरमा आगलागी भएको थियो। उक्त आगो फैलिएर नजिकै रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत पुगेको थियो। प्रहरी उपरीक्षक बोहराले दिएको जानकारी अनुसार बिहान करिब १० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो। आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
Read More
मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आज भीषण आगलागी भएको थियो। जुन आगलागि अहिले दमकल, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियतामा नियन्त्रणमा लिइएको छ। काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराका अनुसार आगलागीमा परी एक महिलाको मृत्यु भएको छ, तर उनको पहिचान खुल्न बाँकी छ। प्रहरीले दिएको जानकारी अनुसार, सुरज आर्केडको पछाडि रहेको मखन गल्लीमा दयाराम श्रेष्ठको चार तले कच्ची घरको तेस्रो तल्लाबाट ग्यास चुहिएर आगलागी सुरु भएको थियो। आगोले दयाराम श्रेष्ठको घरसँगै जोडिएको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत क्षति पुर्याएको छ। आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो। स्थानीय बासिन्दा…
Read More
पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

पोखरा। पोखरास्थित पृथ्वीनारायण क्याम्पस (पीएन) का व्यवस्थापन संकायका शिक्षक डा. देविलाल शर्मामाथि विद्यार्थीलाई जातीय दुर्व्यवहार गरेको आरोप लागेको छ। व्यवस्थापन संकायतर्फ एमबिए फाइनान्स विषयको शैक्षिक अवलोकन भ्रमणका क्रममा विद्यार्थी अमन परियारलाई शिक्षक शर्माले जातीय दुर्व्यवहार गरेको बताइएको छ। उक्त घटनालाई लिएर स्वतन्त्र विद्यार्थी युनियन, दलित विद्यार्थी समाज र तराई कानुन विद्यार्थी मञ्चले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। विद्यार्थी संगठनहरूले जातीय विभेद गर्ने शिक्षकलाई कडा कारबाहीको माग गरेका छन्। यसैबीच, क्याम्पस प्रशासनले घटनाको छानबिन सुरु गरेको छ। क्याम्पसले डा. शर्मालाई अनुसन्धान विभागको विभागीय प्रमुख पदबाट हटाइसकेको छ। उनी चार दिनअघि मात्रै उक्त पदमा नियुक्त भएका थिए।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.