Breaking News 1

हेटौडा १ का वडाध्यक्ष सबिन न्यौपानेमाथि अज्ञात चार युवाहरू मिलेर कालोमोसो दले

हेटौडा १ का वडाध्यक्ष सबिन न्यौपानेमाथि अज्ञात चार युवाहरू मिलेर कालोमोसो दले

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सबिन न्यौपानेमाथि अज्ञात चारजना युवाहरू मिलेर कार्यकक्ष मै पुगेर मोबिल प्रहार गरी अनुहारमा कालोमोसो दलेका छन्। आज दिउँसो करिब ३:४० बजेतिर वडाध्यक्ष न्यौपाने रहेको कार्यकक्ष मै पुगेर अज्ञात युवाहरूले उनीमाथि कालमोस दलेका हुन्। वडाध्यक्ष न्यौपानीमाथि कालोमसो दल्न आएका ती अज्ञात चार युवाहरूले वडाध्यक्ष न्यौपानेको साथबाट दुईवटा मोबाइल समेत लुटपाट गरी लगिएको बताएको छ। ती अज्ञात चार युवाहरूले वडाध्यक्ष न्यौपानेलाई कालोमोसो दले पश्चात उनकै कार्यकक्षमा उनलाई भित्र बन्द गरेर ती युवाहरू हिँडेका थिए। अभद्र दुर्व्यवहार कालोमोसोमा परेका वडाध्यक्ष न्यौपानेको टाउकोको पछाडि चोटपटक लागेको पनि बताएको छ। आफूमाथि भएको अभद्र कालोमोसो सहित दुर्व्यवहार भएको…
Read More
मकवानपुरमा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखिकरण

मकवानपुरमा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखिकरण

हेटौंडा। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा मंगलबार हेटौंडामा लोक सेवा तयारी कक्षासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको उपस्थिति रहेको थियो। लोक सेवा आयोगतर्फको तयारीमा मार्गदर्शन दिन प्रशिक्षकको भूमिकामा उपसचिव कुमार घिसिङले प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रममा लोक सेवाको तयारी कसरी गर्ने, तयारीका योजना बनाउने तरिका, लोक सेवा प्रक्रियामा कसरी सहभागी हुने भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराएको थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलान, नेपाल मगर संघ मकवानपुरका सचिव भूपेन्द्र राना मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष नवराज…
Read More
आज सुनको भाउ तोलामा ४ सयले वृद्धि,चाँदीको भाउ भने स्थिर

आज सुनको भाउ तोलामा ४ सयले वृद्धि,चाँदीको भाउ भने स्थिर

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा आज भने सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। जसअनुसार सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ५ सय रुपैयाँ हुन पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबारसम्म सुनको भाउ तोलामा १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो। आज चाँदीको कारोबारमा भने कुनै पनि रकम घडबढ भएको छैन। चाँदीको भाउ स्थिर नै रहेको छ। चाँदी आज प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Read More
हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

हेटौंडा। हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु भएको छ । तामाङ पत्रकार संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा बुधबारबाट तालिम सुरु भएको हो । हेटौंडा-२ स्थित जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सुरु तालिममा मेम्बर लो र लिला कुमार घलानले प्रशिक्षण दिनुहुनेछ । कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष सन्देश थिङले स्वागत मन्तव्य राखेका थिए भने सचीव भुवन घलानले सहजीकरण गरेका थिए । तामाङ पत्रकार संघका जिल्ला अध्यक्ष जयराम मोक्तानको सभाध्यक्ष तथा केन्द्रीय सचीव आदर्श सिं थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान, जिला उपाध्यक्ष आत्मराम मोक्तान, नेपाल…
Read More
विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिकामा विज्ञापन नै प्रकाशन नगरी भुक्तानी लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो प्रकरणमा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कृषकहरूका लागि स्प्रे ट्यांकी खरिद गर्दा बोलपत्र आह्वानको सूचना 'जनसवाल राष्ट्रिय दैनिक' र 'तराईं पोष्ट' मा प्रकाशन गरेको दाबी गरेको थियो। तर प्रेस काउन्सिल नेपालको छानबिनमा दुवै पत्रिकामा सूचना प्रकाशन नभएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो। आरोपितहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल नवीनकुमार यादव, तराईं पोष्टका प्रतिनिधि ओमप्रकाश यादव, जनसवाल पब्लिकेशन प्रालि तथा उक्त कम्पनीका सम्पादक…
Read More
जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको नेवा राष्ट्रिय समितिले यही आउँदो जेठ ३१ गते शनिबार काठमाडौँको गोदावारी नगरपालिका वडा नम्बर ४ ठैब ता:फल्चामा प्रथम ऐतिहासिक अधिवेशन गर्ने भएको छ। नेवा राष्ट्रिय समितिले एक सूचना जारी गर्दै उक्त अधिवेशनबारे जानकारी गराएको हो। नेवार राष्ट्रिय समितिले गर्न थालिएको प्रथम ऐतिहासिक अधिवेशनमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथिता र केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यको उपस्थितिमा उक्त कार्यक्रम गर्न थालिएको बताएको छ। प्रथम ऐतिहासिक अधिवेशन हुने जानकारी विशेषलाई नेवार राष्ट्रिय समितिले प्रतिनिधि उपस्थित गराइदिने बारे एक सूचना जारी गर्दै सम्पूर्ण जसपा नेपालका जनप्रतिनिधिहरू सम्पूर्णलाई विशेष उपस्थिति गराइदिनु हुन पनि सूचना मार्फत अनुरोध गरिएको छ।…
Read More
लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण

लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण

हेटौडा। लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीमा कक्षा १ देखी कक्षा ४ सम्मका अंग्रेजी माध्यमबाट तथा नेपालि माध्यमबाट सञ्चालन कक्षाका १३१ बालबालिकालाई बिध्यालय झोला बितरण गरेको छ। सञ्चारकर्मी सुरेन्द्र थीकेको समन्वयमा लायन्स क्लब काठमाण्डौ का "वन चाइल्ड वन ब्याग "कार्यक्रम का डिष्ट्रिक्ट प्रेसिडेन्ट सान्तवना देवकोटाको पहलमा उक्त सहयोग महेन्द्र माध्यमिक बिध्यालय मा उपलब्ध भएको हो। "वन चाइल्ड वन ब्याग"कार्यक्रम अन्तर्गत यसै गरी आजै भीमफेदी गाँउ पालिकाको ६ नं वडा र इन्द्र सरोवर गाँउ पालिकाको २ नं सांधमा देउरालीमा अवस्थित बटुक भैरव प्राथमिक बिधालय का ३५ बालबालिकाको लागी पनि बिध्यालय ब्याग बितरण गरेको थियो। यसै गरी समाजसेवामा अभियन्ता गिन्दिरा…
Read More
जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

काठमाडौँ। अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा क्रियाशील संस्था ब्लाइन्ड युथ एसोसिएसन नेपाल (बायन) ले युनेस्कोको सहयोगमा काठमाडौँमा तीन दिने जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी तालिम आजदेखि सुरु गरेको छ। यस तालिममा बहिरा, दृष्टिविहीन र शारीरिक अपाङ्गता भएका गरी कुल १५ जना सहभागीहरुको सहभागिता रहेकोछ। बायनका निर्देशक निर श्रेष्ठले अन्तर्वार्तामार्फत छनोट गरिएका १५ जना सहभागीहरूलाई तीन दिनको तालिमपछि समुदायमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनबारे चेतना फैलाउने र पैरवी गर्ने कार्यमा अग्रसर गराइने बताउनुभयो। तालिमको सहजीकरण जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा लामो समय काम गरेर अनुभव सँगाल्नु भएका अभियान्ता नवीन दाहालले गरिरहनु भएको छ। यो कार्यक्रम ठमेलस्थित मनाङ होटलमा आइतबारसम्म सञ्चालन…
Read More
सार्वजनिक यातायातको हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार तोकियो पेसी

सार्वजनिक यातायातको हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार तोकियो पेसी

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आह्वानमा सार्वजनिक यातायातमा जारी हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विवेक पोखरेलले मङ्गलबार गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महासङ्घसमेतलाई विपक्षी बनाई उक्त रिट दायर गरेका हुन् । रिटमाथि बुधबार पेसी तोकिएको छ । सार्वजनिक यातायातलाई अत्यावश्यक सेवा क्षेत्र मानिएकाले त्यसमा हडताल गर्न नपाउने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गरिनु संविधान विपरीत भएको रिट निवेदकको जिकिर छ । रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ । जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प पारिँदा विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षकलगायत हजारौँ नागरिकको आवतजावतमा गम्भीर असर परेको…
Read More
झापामा करेन्ट लागेर जंगली हात्तीको मृत्यु

झापामा करेन्ट लागेर जंगली हात्तीको मृत्यु

झापा। झापा जिल्लाको कमल गाउँपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार जंगलभित्र रहेको फलामको बिजुलीको पोलमा हात्तीले धक्का दिएको कारण हाईटेन्सन लाइनबाट करेन्ट प्रवाह भई हात्तीको सुड र एक दाँत जलेको थियो। करेन्टले गम्भीर चोट लागेर हात्तीको घटनास्थलमै मृत्यु भएको हो।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.