स्थानीय

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिद्वारा धन्यवाद ज्ञापन

मकवानपुर । हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिले आन्दोलनमा साथ दिने सम्पूर्णलाई धन्यवाद दिएको छ । समितिका संयोजक विशालराज महतको हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गरि धन्यवाद ज्ञापन गरेको हो । अभियन्तालाई गिरफ्तार गरि थुनामा राख्दा रिहाइको माग गर्दै सडक आन्दोलनमा उत्रनुहुने र हेटौंडा अस्पतालको विषयमा प्रशासन समक्ष जायज माग र कारबाहीको क्रममा विभिन्न पक्षबाट लागि पर्नुहुने विभिन्न राजनैतिक दलका शिर्षस्थ नेतृत्वहरु, समाजलाई निष्पक्ष ढंगले सुसुचित गर्ने पत्रकार मित्रहरु, सामाजिक अभियन्ता, अग्रज बुवा, आमा, दिदीबहिनी तथा दाजुभाइ, साथिहरु, बुद्धिजीवी महानुभावहरु, विभिन्न पार्टीका सांसद, सामाजिक अभियन्ताहरु, शान्ति सुव्यवस्था कायम राख्न अहोरात्र लागिपर्ने प्रहरी प्रसाशन लगायत सम्पुर्ण नागरिकलाई विज्ञप्ति मार्फत हार्दिक आभार…
Read More
मकवानपुरमा आधारभूत भलिबल रेफ्री तालिम सम्पन्न

मकवानपुरमा आधारभूत भलिबल रेफ्री तालिम सम्पन्न

मकवानपुर । जिल्ला भलिबल संघ मकवानपुरको आयोजनामा जिल्लास्तरीय भलिबल रेफ्री तालिम सम्पन्न भएको छ । शनिबारदेखि आजसम्म हेटौंडा-४ स्थित हुप्रचौरमा भएको तालिममा ८ जिल्लाका ४१ जना सभागी थिए । जसमध्ये ७ जना महिला रहेका छन् । मकवानपुर सहित बारा, पश्चिम रुकुम, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, बैतडी र दोलखाका पूर्वभलिबल खेलाडी तालिममा सहभागी थिए  । सहभागीहरुलाई अन्तराष्ट्रिय रेफ्री विजयकृष्ण बाधेले भलिबलको आधारभूत तालिम प्रदान गरेका हुन् । तालिममा सहभागी रेफ्रीलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले प्रमाणपत्र प्रदान गर्दै भलिबल राष्ट्रिय खेल भएकाले यसको विकासका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
Read More
मध्य पृतनापति ट्रफी–२०८२ को उपाधी ७ नम्बर बाहिनीलाई

मध्य पृतनापति ट्रफी–२०८२ को उपाधी ७ नम्बर बाहिनीलाई

मकवानपुर । मध्य पृतनापति ट्रफी–२०८२ को उपाधी मकवानपुरको चनवनस्थित ७ नम्बर बाहिनी अड्डाले हात पारेको छ । भीमफेदी गाउँपालिका वडा नम्वर १ सुपारेटार ब्यारेकस्थित गोरखबहादुर गणको खेल मैदानमा आयोजित प्रतियोगिताको उपाधि ७ नम्बर बाहिनीले हात पारेको हो । वैशाख १ गतेदेखि सुरु भएको प्रतियोगिताको आज भएको समापनमा विभिन्न ८ विधाका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ७ नम्बर बाहिनीले उपाधि जितेको हो । कार्यक्रममा पृतनापति हरेन्द्र पाठकले च्याम्पियन बन्न सफल बाहिनीका बाहिनीपति कमल बाँनियालाई ट्रफी प्रदान गरेका थिए । ७ नम्बर बाहीनीले फुटबल, भलिबल, एथ्लेटिक्स, तेक्वान्डो तथा जुडो खेलतर्फ उत्कृष्ट नतिजा ल्याएको थियो । यसैगरी, बाहिनीपति ट्रफी–२०८२, ६ नम्बर बाहिनी अन्तर्गत शेर…
Read More
प्रतिष्ठानको प्रेस विज्ञप्तीप्रति हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको घोर भर्त्सना

प्रतिष्ठानको प्रेस विज्ञप्तीप्रति हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको घोर भर्त्सना

मकवानपुर । हेटौडा अस्पताल बचाउ तथा सुधार अभियानले दलगत स्वार्थबाट अभिप्रेरित प्रेस विज्ञप्तीको घोर भत्सर्ना गरेको छ । हेटौंडा अस्पतालको पक्षमा अभियानले आइतबार चालेको सांकेतिक विरोध कार्यको विषयमा भ्रम छर्दै मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानले निकालेको प्रेश विज्ञप्ती प्रति हेटौडा अस्पताल बचाउ तथा सुधार अभियानको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हेटौंडा अस्पताललाई प्रतिष्ठानको मातहतमा लैजान नदिने भन्दै हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियनले आइताबार मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानको बोर्ड छोपिनेगरी हेटौंडा अस्पतालको बोर्ड राखिएको थियो । उक्त कार्यलाई उक्त घटनापछि मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानले प्रेस विज्ञप्ती जारी गर्दै अभियन्तालाई अराजक समूह र उनिहरुले गरेको कार्यलाई तोडफोडको संज्ञा…
Read More
हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको नागरिक आन्दोलनप्रती संयुक्त विद्यार्थी र युवा संगठनको ऐक्यबद्धता

हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको नागरिक आन्दोलनप्रती संयुक्त विद्यार्थी र युवा संगठनको ऐक्यबद्धता

मकवानपुर । हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको आन्दोलनप्रती विभिन्न विद्यार्थी तथा युवा संगठनले ऐक्यबद्धता जनाएको छ । संगठनले हेटौंडा अस्पतालको स्वतन्त्र अस्तित्वका लागि चैत्र ३१ गते अभियन्ताले गरेको कार्यप्रती मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र एमाले निकट विद्यार्थी तथा युवा संगठनले निकालेको विज्ञप्तिको प्रतिवाद गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेको हो । वि.सं. २०७६ साल आश्विन ०२ गते बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ पास गरेको थियो । प्रदेश संसदबाट पास गरेको प्रतिष्ठानको उक्त ऐनमा चल अचल सम्पत्ति व्यक्ति सरह प्रतिष्ठानले किनबेच गर्न पाउने नीति बनाइएको छ ।जसमा प्रतिष्ठान ऐन २०७६ को परिच्छेद ६ दफा…
Read More
मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८ औं वार्षिक साधारण सभा सम्पन्न

मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८ औं वार्षिक साधारण सभा सम्पन्न

मनहरी । मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्ष ०८०/८१ को प्रतिवेदन तथा आयव्यय विवरण पेस गरेको छ । साथै आ.व. ०८१/८२ का लागि आवश्यक कार्ययोजना बारे छलफल भएको छ । कार्यक्रम मनहरी-२, दोभान स्थित त्रिरत्न प्राथमिक विद्यालयको प्राङ्गणमा भएको हो । मंगलबार भएको साधारण सभामा मनहरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष राजकुमार पाख्रीनको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रममा बोल्दै राजकुमार पाख्रीनले सामुदायिक वन जोगाउँदै आर्थिक आयश्रोतको रुपमा विकास गराउनु वन समूहको साथसाथै समुदायको जिम्मेवारी भएको बताएका छन् । साथै वनजंगल र जीवजन्तूको संरक्षण गर्दै सामुदायिक…
Read More
निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

निवर्तमान अध्यक्ष घलानलाई जसपा नेपाल बागमती प्रदेश समितिले पनि विधान विपरीत कुनै पनि कार्य नगर्न सचेत

हेटौंडा। जसपा नेपाल बागमती प्रदेश समितिले पार्टीको साधन सदस्य नरहने गरी कारबाहीमा परेका व्यक्ति निवर्तमान सोमबहादुर घलानलाई एक प्रेस विज्ञप्ति मार्फत पार्टीलाई अराजकता तर्फ लैजाने क्रियाकलापहरू अथवा विधान विपरीत कुनै पनि गैर जिम्मेवारी कार्य नगर्न नगराउन सचेत गराइएका छन्। आज एक प्रेस विज्ञप्ति मार्फत जसपा नेपाल बागमती प्रदेश समितिका अध्यक्ष जीवन लामाले उक्त विषयमा जानकारी गराएका हुन्। निवर्तमान अध्यक्ष सोमबहादुर घलानले आफू कुनै पनि साधारण सदस्य नरहेको बखत पनि पार्टीको विधान विपरीत हुनेगरी लेटर,प्याड,छाप र लोगो आदिको दुरुपयोग गरिएको विषयमा जसपा नेपाल बागमती प्रदेश समितिको आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ। साथै निवर्तमान अध्यक्ष घलानलाई आजैको मितिबाट त्यस प्रकारका कुनै पनि…
Read More
नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

नेकपा मकवानपुरद्वारा हिरासतमा राखिएका अभियन्ताहरुलाई रिहाइ गर्न माग

हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बिनाकारण हिरासतमा राखिएका अभियन्ताहरुलाई यथाशीघ्र रिहाइ गर्न माग गरेको छ । नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी पेमा सीले प्रेस विज्ञप्ति जारी गर्दै अभियन्ताहरुलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् । हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको आयोजनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारी अस्पतालमाथी गरेको हस्तक्षेपका विरुद्धमा मिति २०८१/१२/३१ गते प्रतिष्ठानको बोर्ड भएको ठाउँमा हेटौँडा अस्पतालको बोर्ड राखिएको थियो । प्रतिष्ठानको दबावमा सिडियो र प्रहरी एसपिले उक्त बोर्ड राख्ने कार्यमा संलग्न अभियन्ताहरुलाई मिति २०८२/०१/४ गते छलफल र बार्ता गर्ने बहानामा जिल्ला प्रहरी कार्यलयमा बोलाएर ५ दिनको म्याद थप गरि हिरासतमै राखिएको थियो । जसमा हेटौँडा अस्पताल…
Read More
इभि भ्यान दुर्घटना हुँदा २ को मृत्यु १४ जना घाइते

इभि भ्यान दुर्घटना हुँदा २ को मृत्यु १४ जना घाइते

हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शुक्रबार बिहान १ बजेको समयमा कान्तिलोकपथ अन्तर्गत  मकवानपुरगढी-२  धरमपानीमा  काठमाडौँबाट हेटौँडा तर्फ आउँदै गरेको बागमती प्र ०१-००६ ख ७०७२ नम्बरको इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी  ५० वर्षीया निलम देवी राउत र सर्लाही बागमती नगरपालिका ७ बस्ने  १३ बर्षीया मानुसी मगरको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको र…
Read More
झुटा मुद्दामा थुनिएका अभियन्ताहरु थुना मुक्त

झुटा मुद्दामा थुनिएका अभियन्ताहरु थुना मुक्त

हेटौंडा । हेटौंडा अस्पतालमा राखिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बोर्डमाथी हेटौंडा अस्पतालको बोर्ड राखिएको कारण अभद्र व्यवहारको झुटो मुद्दा  लगाई थुनामा राखिएका अभियन्ताहरु थुना मुक्त भएका छन् । बिहीवार थुनामा परेका अभियन्ताहरुलाई शुक्रबार जिल्ला प्रशासन कार्यलयले धरौटीमा रिहा गरेको हो । सार्वजनिक सम्पत्ती हेटौंडा अस्पताललाई जीवन्त राख्नुपर्छ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छुट्टै बिकास गर्नुपर्छ भन्दै बिगत लामो समयदेखी नै आन्दोलनरत हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समितिका संयोजक विशालराज महत सहित ६ जनालाई जिल्ला प्रहरी कार्यलय मकवानपुरले बिहीवार थुनामा राखिएको थियो । राम्रो कार्य गर्दागर्दै चैत्र ३१ गते प्रतिष्ठानको बोर्डमाथी अस्पतालको बोर्ड राख्नु गलत हो भन्दै प्रतिष्ठान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.