समाचार

मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

मुग्लिन–नारायणगढ सडक खण्डमा अवरुद्ध सडक सफाइपछि यातायात सुचारु

चितवन, अशोज १४ गते । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुईन खोला पुल नजिक पहिरो खसेपछि साँझ केही समयका लागि सडक अवरुद्ध भएको छ। आज साँझ करिब ८:३० बजे वर्षातका कारण माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ। डिभिजनका मेशिन परिचालन गरी पहिरो पन्छाएपछि सडकमा यातायात आवागमन पुनः सुरु गरिएको डिभिजनले जानकारी दिएको छ। सडक सुचारु भए पनि अझै सतर्क रहन आग्रह गरिएको छ। साथै, डिभिजनले चालक तथा यात्रीलाई लेन अनुशासन पालना गर्न अनुरोध गरेको छ।
Read More
धरान मेयर हर्क साम्पाङले दर्ता गरे राष्ट्रिय श्रम संस्कृति पार्टी, झण्डा नबनाउने घोषणा

धरान मेयर हर्क साम्पाङले दर्ता गरे राष्ट्रिय श्रम संस्कृति पार्टी, झण्डा नबनाउने घोषणा

धरान, अशोज १३ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा राष्ट्रिय श्रम संस्कृति पार्टी दर्ता गर्न निवेदन दिएका छन् । पार्टी दर्तापछि उनले आफ्नो दलको छुट्टै झण्डा नबनाउने घोषणा समेत गरेका छन्। उनका अनुसार पार्टीको झण्डा नबनाउनुका पछाडि दुई प्रमुख कारण छन्। पहिलो, करोडौँ लुगा च्यातेर झण्डा बनाउनुभन्दा दुःखी र असहायलाई लुगा सिलाइ दिनु आवश्यक छ। दोस्रो, पार्टीको झण्डा बोकेर हिँड्दा राष्ट्रिय झण्डाको अस्तित्व ओझेलमा पर्ने भएकाले आफ्नै दलको झण्डा नबनाउने उनले स्पष्ट पारे। साम्पाङले पार्टीमा आबद्ध हुने सदस्यहरूलाई पूर्ण स्वतन्त्र अभिव्यक्ति अधिकार रहने बताए। उनका अनुसार यस दलमा हुइप जारी गरिने छैन। “हुइप भन्नुको अर्थ नै कोर्रा…
Read More
जिन जि नेतृत्वको २०८२ जनआन्दोलन : ११ सदस्यीय वार्ता टोली घोषणा, माग पूरा गर्न सरकारसँग आग्रह

जिन जि नेतृत्वको २०८२ जनआन्दोलन : ११ सदस्यीय वार्ता टोली घोषणा, माग पूरा गर्न सरकारसँग आग्रह

काठमाडौं, अशोज ११ गते । जनआन्दोलन २०८२ सञ्चालन गरिरहेको जिन जि (Gen-Z) नेतृत्वले ११ सदस्यीय आधिकारिक वार्ता टोली घोषणा गरेको छ। टोलीमा मिराज डुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, योग्यता भण्डारी, टीका लिम्बू, बब्लु गुप्ता, अर्पित कुवर, रक्षा बमलगायत सदस्यहरू समावेश छन्। आन्दोलनकारी पक्षले आफ्ना मागहरू तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेको जनाएको छ।
Read More
तलब रोक्ने प्रधानाध्यापक कारबाहीमा पर्ने – शिक्षा मन्त्री महावीर पुन

तलब रोक्ने प्रधानाध्यापक कारबाहीमा पर्ने – शिक्षा मन्त्री महावीर पुन

काठमाडौं, अशोज ११ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले दशैं तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिहरू र केही प्रधानाध्यापकहरूले शिक्षकहरूको तलब रोकिदिएको गुनासो मन्त्रालयमा आइरहेको जानकारी सार्वजनिक गरेका छन्। उनका अनुसार शिक्षा मन्त्रालयले तलब पहिले नै विद्यालयमा पठाइसकेको हुँदा कुनै नाजायज वा अन्यायपूर्ण तरिकाले तलब नदिने काम सह्य नहुने स्पष्ट भएको छ। यदि शिक्षकहरूले पाउनुपर्ने तलब प्रधानाध्यापक वा विद्यालय व्यवस्थापन समितिले निकाल्न ढिलासुस्ती गर्ने वा रोकेर राख्ने हो भने सो कार्य कानुनविपरीत हुने चेतावनी मन्त्री पुनले दिएका छन्। मन्त्री पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “भोलिसम्ममा शिक्षकहरूको तलब नदिए सम्बन्धित प्रधानाध्यापकलाई नियमअनुसार कडा कारबाही गरिनेछ।”…
Read More
शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा सुधारका लागि मन्त्री महावीर पुनले मागे नागरिकका ठोस सुझाव

शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा सुधारका लागि मन्त्री महावीर पुनले मागे नागरिकका ठोस सुझाव

काठमाडौं, अशोज १० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले मन्त्रालयभित्र छोटो समयमा गर्न सकिने कामलाई प्रभावकारी बनाउन नागरिकसँग सुझाव मागेका छन्। मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जालमार्फत् उल्लेख गरेको स्टाटसमा मन्त्रालयका विभिन्न महाशाखाले प्रदान गर्दै आएका सेवाहरूलाई चुस्त-दुरुस्त बनाउन तथा सुधारात्मक कदम चाल्न सकिने ठोस र संक्षिप्त सुझावहरू दिन आग्रह गरेका छन्। “शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा छोटो समयमा अध्यादेश नल्याइकन गर्न सकिने ठोस कामहरू तथा मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखाहरूमा दिइने सेवाहरू चुस्त-दुरुस्त गर्न सक्ने सृजनशील कदमहरूको ठोस र संक्षिप्त सुझाव दिन चाहनेले एक पेजमा नबढाई तलको इमेलमा पठाउन होला,” मन्त्री पुनले भनेका छन्। सुझाव दिने…
Read More
मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालन

मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालन

भरतपुर, अशोज १० गते । मुग्लिन–नारायणगढ सडक खण्डमा यातायात रोकावटबिना सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। कार्यालयका अनुसार शनिबार बिहान ९:२५ बजेदेखि सो खण्डमा दुईतर्फी सवारीसाधन सहज रूपमा चलिरहेको छ। साथै सवारी चालकहरूलाई लेन अनुशासनको पालना गरी सुरक्षितरूपमा सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ।
Read More
१०५ घण्टापछि मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा सञ्चालनमा

१०५ घण्टापछि मुग्लिन–नारायणघाट सडक पूर्णरूपमा सञ्चालनमा

चितवन, अशोज १० गते । मुग्लिन–नारायणघाट सडक खण्डको तुइन खोलामा अघिल्लो शुक्रबारदेखि पटक–पटक खसेको पहिरोका कारण अवरुद्ध भएको सडक करिब १०५ घण्टापछि सञ्चालनमा आएको छ। निरन्तर प्रयासपछि हिजो राति १०:३५ बजेदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको हो। निरन्तर ढुङ्गा खसिरहे पनि जोखिम मोलेर सडक सफा गर्ने अपरेटर, सुपरभाइजर, प्राविधिक र अन्य कर्मचारीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। साथै नागढुंगा–मुग्लिन सडक आयोजना मुग्लिनको नेतृत्व, HED हेटौंडा/पोखरा, सडक विभाग (DoR), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (MOPIT) र अन्य शुभेच्छुकहरूको निरन्तर सहयोग र उत्साहवर्धन उल्लेखनीय भएको छ। चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षानिकायका नेतृत्व र अन्य सरोकारवालाको योगदानप्रति आभार व्यक्त गरिएको छ। फिल्ड व्यवस्थापनमा…
Read More
५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

५८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक, अलपत्र यात्रुमा हर्ष

चितवन, अशोज ९ गते । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलामा खसेको सुखा पहिरो पन्छाएसँगै ५८ घण्टापछि आवागमन सुचारु भएको छ। सडक खुल्नासाथ लामो समयदेखि जाममा परेका सवारी साधनले सहज रूपमा यात्रा जारी गरेका छन्। सडक अवरुद्ध हुँदा दशैंका लागि घर हिँडेका सयौँ यात्रु तथा चालकहरू अलपत्र परेका थिए। सडक कतिखेर खुल्छ भन्ने प्रतीक्षामा रहेका यात्रु र चालकहरू सडक खुल्नेबित्तिकै खुसी व्यक्त गर्दै आफ्नो गन्तव्यतर्फ अघि बढेका छन्। सडक विभागका अनुसार लामो समयदेखि पर्खाइमा रहेका यात्रु तथा चालकलाई सहज आवागमनका लागि निरन्तर पहिरो पन्छाउने कार्य चलाइएको थियो। अहिले भने दुईतर्फी यातायात सहज बनेको जनाइएको छ।
Read More
मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयमा, अनलाइन दर्ता अब सूचना विभागमार्फत

मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालयमा, अनलाइन दर्ता अब सूचना विभागमार्फत

काठमाडौं, अशोज ९ गते । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्यविभाजन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ। यससँगै प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सार्ने निर्णय गरिएको छ। त्यसैगरी २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएका (कैदीबन्दी बाहेक) मृतक नेपाली नागरिकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ आर्थिक सहायता तथा काजक्रिया, खाना र यातायात खर्चबापत थप ५ लाख रुपैयाँ उपलब्ध गराइने निर्णय बैठकले गरेको छ। बैठकले सुरक्षण मुद्रण सम्बन्धी नियमावली २०८२ स्वीकृत गरेको छ, जसअनुसार सुरक्षण मुद्रण सम्बन्धी…
Read More
मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो ४५ मिनेटमै पन्छाइ दुवै तर्फी आवागमन सुचारु

चितवन, अशोज ९ गते । मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिक खसेको पहिरो करिब ४५ मिनेटमै पन्छाइ सडक दुबै तर्फी यातायात आवागमन सुचारु गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साँझ करिब ८:३० बजे सडक अवरुद्ध हुनेगरी खसेको पहिरोलाई एक्साभेटर र डोजर प्रयोग गरी तत्काल पन्छाइएपछि आवागमन सहज भएको हो। अचानक खसेको पहिरोका कारण केही समय देखि सडक अवरुद्ध हुँदा यात्रुहरूले धेरै सास्ती बेहोर्नु परेको थियो। तर आज केहिको अन्तराल समयपछि सडकलाई खुलाइएको जनाइएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.