२०८२ भाद्र २५, बुधबार १९:४२
२०८२ भाद्र २५, बुधबार १९:४२
ललितपुर, भदौ २५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यालय बालकुमारी ललितपुरले जारी गरेको विज्ञप्तिमा नेपालकै इतिहासमा पहिलोपटक जेन जी पुस्ताद्वारा सञ्चालन गरिएको सुशासन, भ्रष्टाचार नियन्त्रण, न्याय र परिवर्तनका लागि भएको आन्दोलन विजयका साथ सफल भएको घोषणा गरेको छ। जसपा नेपालले आन्दोलनमा सहभागी युवापुस्तालाई हार्दिक बधाई दिँदै सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शहीद परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। विज्ञप्तिमा घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको शुभकामना समेत व्यक्त गरिएको छ। आन्दोलनका क्रममा जनधनको अपूरणीय क्षति भएको उल्लेख गर्दै पार्टीले थप दुर्घटना र क्षति हुन नदिन सबैलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ। साथै, विगतका संघर्ष र…